FAQs Complain Problems

समाचार

सूचना

मिति :- २०७९/०५/१२

 

श्री सुलोचना लुईंटेल, शाखा अधिकृत (सातौँ तह),       - संयोजक

फिक्कल गाउँपालिका, सिन्धुली ।

 

विषय : खरिद इकाइ गठन सम्बन्धमा ।

 

प्रस्तुत विषयमा तपाईंको संयोजकत्वमा तपसिलका पदाधिकारीहरु सदस्य रहनेगरी यस गाउँपालिकाको खरिद सम्बन्धी कार्य गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १६ बमोजिम खरिद इकाइ गठन गरिएको छ ।

खरिद सम्बन्धी कार्य गर्दा ऐ. ऐनको दफा ७(३), ऐ. नियमावलीको नियम १६(३) तथा अन्य प्रचलित कानून बमोजिम ईमान्दारीपूर्वक गर्नुहुनेछ भन्‍ने कुराको अपेक्षा गरिएको छ ।

तपसिल

श्री सागर दुलाल, ईन्जिनियर, फिक्कल गाउँपालिका           - सदस्य

श्री सन्दिप उपाध्याय, स्टोरकिपर, फिक्कल गाउँपालिका     - सदस्य

दस्तावेज:
मिति: 08/29/2022 - 12:27

दोस्रो पटक सूचना प्रकाशन मिति : २०७९/०५/११

 

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ घ (१), घ (२), घ (६), घ (११) र घ (१३) मा भएको व्यवस्था, बागमती प्रदेश सरकारको नदिजन्य पदार्थ (संकलन र उपयोग) कार्यविधि, २०७५; प्रदेश आर्थिक ऐन, २०७९; फिक्कल गाउँपालिकाको आर्थिक ऐन, २०७९ एवम् स्वीकृत IEE प्रतिवेदन बमोजिम आ.व. २०७९।०८० को लागि तपसिलमा उल्लेखित न्यूनतम ठेक्का अङ्कमा नघट्ने गरी फिक्कल गाउँपालिका अन्तर्गतका सुनकोशी नदी तथा सुनकोशी नदीमा मिसिने खोलाहरुको ढुङ्गा, गिट्टी, बालुवा एवं रोडा संकलन शुल्कको ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक दर्तावाल फर्म (अनिवार्य रुपमा मू.अ. करमा दर्ता भएका) हरुलाई बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कानूनी प्रक्रिया पूरा गरेका योग्य फर्महरुले तोकिएको विधि, मिति र समय भित्र बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।

 

दस्तावेज:
मिति: 08/27/2022 - 21:04

    फिक्कल गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा रिक्त उल्लेखित शिक्षक तथा विद्यालय कर्मचारी पदमा यस गाउँपालिकाको शिक्षा ऐन, २०७४ को दफा २४ बमोजिम खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको हुँदा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली                       नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्न आह्वान गरिन्छ ।

दस्तावेज:
मिति: 08/21/2022 - 18:23

Invitation of Electronic bids from eligible bidders for the construction of contracts mentioned below.

दस्तावेज:
मिति: 08/21/2022 - 10:23

फिक्कल गाउँपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय, सामुदायिक सिकाइ केन्द्र तथा बाल सिकाइ केन्द्रको आ.व. २०७८/७९ को लेखापरीक्षणका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना
 

दस्तावेज:
मिति: 08/18/2022 - 19:43

प्रस्तुत विषयमा निर्वाचन आयोग, नेपालको २०७९।५।१ गतेको अत्यन्त जरुरी सूचना तथा जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीको प.सं. २०७९/०८०, च.नं. २३, मिति २०७९।०५।०१ गतेको यसैसाथ संलग्न पत्रबाट व्यहोरा अवगत गर्नुभई स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा फिक्कल गाउँपालिकाका विभिन्न पदमा उम्मेदवारी दिनुभई निर्वाचन खर्च विवरण नबुझाउनु भएका उम्मेदवारहरुले २०७९/०५/०१ गतेदेखि लागु हुनेगरी सात दिनभित्र सफाई सहितको स्पष्टिकरण जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा पेश गर्नुहुन अनुरोध गरिन्छ । 

दस्तावेज:
मिति: 08/18/2022 - 16:11

Pages

//