FAQs Complain Problems

ग्यालरी

आज मिति २०८०/११/१५ गतेका दिन दादुरा रुवेला अभियानमा ९ महिना देखि ५ बर्ष मुनि उमेर समूहका बालबालिका हरुलाई खोप लगाउने कार्यक्रम सुरुवात गर्नुहुदै फिक्कल गाउँपालिकाको आदरणिय अध्यक्ष श्री पार्वती सुनुवारज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री डम्बर बहादुर रजन मगर ज्यू साथै अभियान सफलताको शुभकामना दिनुभएको छ। नजिकको खोप केन्द्रमा दादुरा रुवेला विरुद्धको खोप अनिवार्य रुपमा लगाउनु हुन सबैमा अनुरोध गरिन्छ । खोप कार्यक्रम मिति २०८०/११/१५ गते देखि १९ गते सम्म संचालन हुने सम्पूर्णमा जानकारी गराईन्छ ।

मिति: 02/28/2024 - 12:25
, , , , , , , , , ,

मिति २०८० साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर गाउँपालिका कर्मचारीहरुको उपस्थितिमा बृहत सरसफाई कार्यक्रम तथा साझ दीप प्रज्वलन गरी सम्पन्न गरियो ।

मिति: 02/20/2024 - 12:23
, , , , , , , , , ,

फिक्कल गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँका वरिष्ठ नेत्र रोग विशेषज्ञ द्वारा फिक्कल गाउँपालिका, खाङसाङबेसीको सुनकोशि माबि मा मोतिविन्दुको निशुल्क शल्यक्रिया कार्यक्रम मिति २०८०/१०/२३ र २४ गते सम्पन्न भएको छ।

मिति: 02/20/2024 - 12:08
, , , , , , , , , , , , , , , , ,

फिक्कल गाउँपालिकाबाट आयोजित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको  लागि खेलकुद " भन्ने मूल नारा सहित समापन भएको छ । जसमा श्री फिक्कल मा. वि. सोल्पाले ९ स्वर्ण, ३ रजत , ७ कास्य ल्याई प्रथम स्थान भने श्री मा. वि. सालुकेले ८  स्वर्ण, ३ रजत , ६ कास्य ल्याई द्धितीय स्थान, श्री मा. वि. सुम्नाम  सुन्तले चण्डिभन्ज्याङ्गले ४  स्वर्ण, ६ रजत , २ कास्य सहित तृतीय स्थान,  श्री मा. वि.

मिति: 12/14/2023 - 14:26
, , , , , , ,

फिक्कल गाउँपालिकाबाट आयोजित प्रथम लगानी सम्मेलन मिति २०८० मंसिर १३ र १४ गते श्री सुनकोशी मा.वि. खाङसाङमा गाउँपालिका अध्यक्ष श्री पार्वती सुनुवारको अध्यक्षता, सिन्धुली जिल्ला क्षेत्र नं.

मिति: 12/03/2023 - 13:26
, , , , , , , , , ,

फिक्कल गाउँपालिका, सिन्धुलीद्वारा साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) का लागि अध्ययन अवलोकन भ्रमणका क्रममा मिति २०७९ फागुन ८ देखि १२ गतेसम्म प्रदेश नं. १ अन्तर्गतका विभिन्न सरकारी निकाय तथा सहकारी संघ संस्थाहरुमा अध्ययन अवलोकन भ्रमण गरिएको थियो ।

 

मिति: 02/28/2023 - 18:14
, , , , , , , , , , , , , , , , , ,

२०७९ माघ ५ गतेदेखि श्री सुनकोशी मा.वि., खाङसाङको खेल मैदानमा सञ्चालन भएको फिक्कल गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता २०७९ माघ ९ गते पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सहित समापन भएको छ ।

मिति: 01/31/2023 - 22:12
, , , , , , , , , , , ,

स्थानीय तहका जनप्रतिनिधी एवम् कर्मचारीहरुको क्षमता विकासका लागि आयोजना गरिएको “विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन स्थानीयकरण तालिम” फिक्कल गाउँपालिकाको सभाहलमा २०७९ असोज ३ र ४ गते सफलतापूर्वक सम्पन्न भयो ।

मिति: 09/21/2022 - 07:21
, ,

फिक्कल गाउँपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधि एवम् महिला सञ्जालका प्रतिनिधिहरुलाई "नेतृत्व सीप विकास सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम" मिति २०७९ साउन २४ देखि २६ सम्म फिक्कल गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA), ललितपुरको आयोजना एवं फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित महिला जनप्रतिनिधि सहित कुल ३२ जनाको सहभागीता रहेको थियो ।

मिति: 08/17/2022 - 21:02
, , , , , , , , , , , , , , , ,

Pages