समाचार
फिक्कल गाउँपालिका प्रथम लगानी सम्मेलन २०८०
फिक्कल गाउँपालिकाबाट आयोजित प्रथम लगानी सम्मेलन मिति २०८० मंसिर १३ र १४ गते श्री सुनकोशी मा.वि. खाङसाङमा गाउँपालिका अध्यक्ष श्री पार्वती सुनुवारको अध्यक्षता, सिन्धुली जिल्ला क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननीय श्याम कुमार घिमिरेको प्रमुख अतिथ्यता, संघीय मामिला तथा सामान्य प्रशासन पूर्व मन्त्री एवम् संविधान सभा सदस्य माननीय गणेश कुमार पहाडी, बागमती प्रदेश सभा सदस्य माननीय रामकुमार पहाडी र माननीय सुकुमाया तामाङको विशिष्ट अतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा सिन्धुली तथा छिमेकी जिल्ला अन्तर्गतका नगरपालिका, गाउँपालिकाका, प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष लगायत विभिन्न दलमा आबव्द प्रमुख तथा प्रतिनिधिहरु, सिन्धुली प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, प्रमुख सेनानी, विषय विज्ञ, लगानी कर्ताहरु, पत्रकार, स्थानीय समाजसेवी/बुद्धिजिबि, प्र.अ. तथा शिक्षक, संघ सस्थाका प्रमुख, कर्मचारीहरु, विद्यार्थिहरु, स्वयमसेवीकाहरुको उपस्थित रहेको थियो ।