समाचार
छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०
फिक्कल गाउँपालिकाबाट आयोजित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद " भन्ने मूल नारा सहित समापन भएको छ । जसमा श्री फिक्कल मा. वि. सोल्पाले ९ स्वर्ण, ३ रजत , ७ कास्य ल्याई प्रथम स्थान भने श्री मा. वि. सालुकेले ८ स्वर्ण, ३ रजत , ६ कास्य ल्याई द्धितीय स्थान, श्री मा. वि. सुम्नाम सुन्तले चण्डिभन्ज्याङ्गले ४ स्वर्ण, ६ रजत , २ कास्य सहित तृतीय स्थान, श्री मा. वि. महादेवडाँडाले ४ स्वर्ण, ५ रजत , २ कास्य सान्त्वना स्थान हासिल गर्नु भएको छ । 'राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति'का अध्यक्ष श्री शिव वराल, फिक्कल गाउँपालिका अध्यक्ष श्री पार्वती सुनुवार र उपाध्यक्ष राजु बरालले विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र, ट्रफी र पुरस्कार राशीमा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमसः २०, ०००, १५, ०००, १०, ०००, ५, ००० र प्रथम हुनेलाई रनिङ शिल्ड हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।।